Kathmandu Press

घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या

ताप्लेजुङ, साउन ७ : ताप्लेजुङमा एक जना युवकले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्।फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवाले श्रीमती कान्छीमाया लिम्बूको कुटपिट...
घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या

ताप्लेजुङ, साउन ७ : ताप्लेजुङमा एक जना युवकले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्।

फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवाले श्रीमती कान्छीमाया लिम्बूको कुटपिट गरी हत्या गरेका हुन्। घरायसी सामान्य विवादका क्रममा बलबहादुरले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गरेका थिए।

Hardik ivf

कुटपिटबाट घाइते कान्छीमायाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो।

खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ। शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। बलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०९:०५ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्