Kathmandu Press

कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, साउन ७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयले विज्ञप्ति जारी गरी भिडभाड...
कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, साउन ७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी भिडभाड नगर्न र सावधानी अपनाउन अनुरोध गरेको छ। यससँगै भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न सुझाएको छ।

Hardik ivf

त्यस्तै, सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न र गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न आग्र गरेको छ।

यससँगै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ। स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न र गराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

 

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्