Kathmandu Press

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

काठमाडौं, साउन ६ : प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जाने...
प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

काठमाडौं, साउन ६ : प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जाने भएका छन। अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा आज नेपाली सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो। 

एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ। उक्त सम्मेलन  साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा हुन लागेको हो। सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ। 

सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन्।

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, साउन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्