Kathmandu Press

लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु

त्रिपोली, साउन ६ : लिबियाको राजधानी त्रिपोलीमा बिहीबार–शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले...
लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु

त्रिपोली, साउन ६ : लिबियाको राजधानी त्रिपोलीमा बिहीबार–शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ।

घटनामा एक बच्चा, दुई सर्बसाधारणसहित नौ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका र तीमध्ये केही गम्भीर रूपमा घाइते भएका यस पहिलेको मृत्यु सङ्ख्यालाई अद्यावधिक गर्दै अल–अहरार टेलिभिजनले बताएको छ। 

Hardik ivf

उत्तर अफ्रिकी मुलुकमा दुई प्रधानमन्त्री सत्ताका लागि भिड्दै गर्दा महिनौंदेखि तनाव बढ्दै गएको छ। ऐतिहासिक संझौताले त्रिपोलीलाई बलपूर्वक कब्जा गर्ने पूर्वी सैनिक प्रमुख खलीफा हाफ्तारले गरेको विध्वंसकारी प्रयास अन्त्य भएको दुई वर्षपछि पुनः द्वन्द्वको त्रास उत्पन्न भएको हो। 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो झडप बिहीबारको अन्ततिर पूर्वी त्रिपोलीको घना बस्ती भएको छिमेकी आइन जारामा अल–राडा बल र त्रिपोली रिभोलुसनरिज ब्रिगेडबीच भएको एम्बुलेन्स सेवाका ओसामा अलीले अल–अहरारलाई बताइन्।

फोरनाज जिल्लाका विवाह समारोहहरूमा उपस्थित सयौं महिलाहरू पनि झडपका कारण बाटोमा नै अलपत्र बनेका थिए। 

स्थानीय बासिन्दा मोख्तार अल–महमूदीले एएफपीसँग भने, 'हामीले रातभरि सेनाले तयार गरेको एउटा शिविरमा बितायौं। हाम्रा बालबालिकाहरू एक्कासी बाटोमा दोहोरो झडप भएपछि त्रसित बनेका छन्।'

यस लडाइँमा संलग्न दुवै समूह नाममा अब्दुलहामिद दबेबाको संयुक्त सरकारप्रति वफादार मानिन्छन् । गत वर्ष तेल सम्पन्न लिबियामा एक दशकभन्दा बढी हिंसाको अन्त्य गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्ति प्रक्रियाका लागि सम्झौता भएको थियो । 

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्