Kathmandu Press

भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित 

भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित 

नयाँ दिल्ली, साउन ६ : भारतमा शुक्रबार पनि कोभिड–१९  सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका अधिकारीहरूले बताएका छन्।

संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएका पुष्टि गरिएको छ।  

सङ्क्रमितको सङ्ख्यामा भएको वृद्धिसँगै भारतमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ४.५१ प्रतिशत र साप्ताहिक सङ्क्रमण दर ४.५१ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, साउन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्