Kathmandu Press

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमीे

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमीे

सियोल, साउन ६ : आयातकर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ।

बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो। यो मे महिनाको तुलनामा २.११ अर्ब डलरले कमी हो। 

कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ।  

डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ। 

जूनमा प्रति डलर १२८० दशमलब ८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२.४ वनले वृद्धि भएको छ। 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, साउन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्