Kathmandu Press

थपिएको समयभित्रै छानबिन सक्ने समितिको तयारी 

काठमाडौं, साउन ६ : बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसीमाभित्रै काम सक्ने...
थपिएको समयभित्रै छानबिन सक्ने समितिको तयारी 

काठमाडौं, साउन ६ : बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसीमाभित्रै काम सक्ने तयारी गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसिमा भित्रै छानबिनका बाँकी काम सक्ने गरी तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाइबारे पनि बैठकमा छलफल भएको थियो। समितिको अर्को बैठक आइतबार बस्ने र छानबिनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताए।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, साउन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्