Kathmandu Press

चन्द्रागिरि ब्याडमिन्टन क्लबद्वारा वृद्धाश्रमलाई सहयोग

चन्द्रागिरि ब्याडमिन्टन क्लबद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं, साउन ६ : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि ब्याडमिन्टन क्लबले मातातीर्थ वृद्धाश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ।

क्लबको चौथो स्थापना दिवसका अवसरमा आज (शुक्रबार) क्लबका अध्यक्ष राजकुमार पोखरेलको अगुवाइमा वृद्धाश्रमका सदस्य धर्म महर्जनलाई ब्लांकेट, मास्कका साथै अन्य विभिन्न स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो।

Hardik ivf

सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष धर्मराज घिमिरे, सचिव मनोहरविक्रम कँुवर, कोषाध्यक्ष सन्तोष पन्थ, सल्लाहकार नारायणप्रसाद सिग्देललगायत सदस्य तथा खेलाडीको उपस्थिति थियो।

विगतमा कोभिड–१९ नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकालाई पनि यो क्लबले १ लाख ३ हजार १०६ रुपैयाँ सहयोग गरेको अध्यक्ष पोखरेलले बताए। चन्द्रागिरि नगरपालिकाका एक खेलाडीको उपचारार्थ पनि क्लबले आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

अध्यक्ष पोखरेलका अनुसार चन्द्रागिरि नगरपालिकाबाट केही वर्षमा ब्याडमिन्टनका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य क्लबको रहेको छ। क्लबले विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता वा प्रशिक्षणका क्रममा घाइते भएका खेलाडीको उपचारार्थ राहत कोष स्थापना गर्ने  योजना बनाएके छ।

 

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्