Kathmandu Press

स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

काठमाडौं, साउन ६ : सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि...
स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

काठमाडौं, साउन ६ : सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ। 

Hardik ivf

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै माछापुच्छ«े बैंकको मादी गाउँपालिका–१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दर्खास्त दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ। 

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्