Kathmandu Press

ट्र्याक्टरले किच्दा पाँच वर्षीय बालकको मृत्यु

ट्र्याक्टरले किच्दा पाँच वर्षीय बालकको मृत्यु

भोजपुर, साउन ६ : भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ।

सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नम्बरको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

दुर्घटनापछि भागेका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले बताए। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उनले बताए।

बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। उनका आफन्तले चालकलाई कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्