Kathmandu Press

बस र माइक्रो एकापसमा ठोक्किँदा एक युवकको मृत्यु

मुग्लिन, साउन ६ : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार काठमाडौंबाट...
बस र माइक्रो एकापसमा ठोक्किँदा एक युवकको मृत्यु

मुग्लिन, साउन ६ : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा करीब ३६ वर्षीय युवक घाइते भएका थिए। उनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बताए। उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ।

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको रहेको छ।

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, साउन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्