Kathmandu Press

सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

काभ्रेपलाञ्चाेक, साउन ५ : पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ। नगरले वडा नं...
सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

काभ्रेपलाञ्चाेक, साउन ५ : पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ। नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो।
    
नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५०० रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।

उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।
    
नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ। यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ।

Hardik ivf

यस्तै नगरले आफ्नो निर्णयबारे कालिजङ्ग गणलाई जानकारी गराएको छ। सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)सहित वन मन्त्रालय जानुपर्ने जनाएको छ। 'नगरको निर्णय प्राप्त भएको छ, हामी सरोकारवालासँग छलफल गरी वन मन्त्रालयसँग थप समन्वय गर्नेछौँ,' प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने।

नगरको निर्णयमा उक्त जग्गामा कुनै पनि संरचना बनाउन नपाइने, खुल्ला राख्नुपर्ने, स्थानीय उपभोक्तालाई हिँड्डुल तथा घाँस–दाउरा गर्न दिनुपर्ने, भवन बनाउन आवश्यक परे निजी जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने उल्लेख गरिएको अधिकारीले बताए। उनका अनुसार उक्त जग्गाको खुला स्थानमा सेनाले पार्क, उद्यान, प्रतिक्षालय तथा बगैँचा निर्माण गर्न सक्नेछ।
    
प्रतिष्ठान सञ्चालनका क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ। सेनाले यहाँ स्थापना गर्ने अस्पतालमा आकस्मिकबाहेक अन्य उपचारमा भने सर्वसाधारणको पहुँच नहुने बताइन्छ। पनौतीमै भारत सरकारको अर्बौं रुपैयाँको सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य भइरहेको छ।

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्