Kathmandu Press

कालीकोटमा खोलाले बगाउँदा एक बेपत्ता

कालीकोटमा खोलाले बगाउँदा एक बेपत्ता

मान्मा, साउन ५ : कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो।
    
थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उनी बगेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पुर्‍याएको हुनसक्ने प्रहरीको अनुमान छ। अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए।

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्