Kathmandu Press

जिल्ला अस्पताल लमजुङमा ज्वराे र झाडापखालाका बिरामी बढ्दै

काठमाडाैं, साउन ५ : लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन्। जिल्ला अस्पतालमा वर्षा र अत्याधिक गर्मीका कारण दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको...
जिल्ला अस्पताल लमजुङमा ज्वराे र झाडापखालाका बिरामी बढ्दै

काठमाडाैं, साउन ५ : लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन्। जिल्ला अस्पतालमा वर्षा र अत्याधिक गर्मीका कारण दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ।

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालबालिका उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए।

उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालबालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तथ्यांक छ। उनीहरूमा बढी मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासीको समस्या देखिएको छ।

वर्षा हुदाँ केही चिसो वर्षा नहुँदा अत्यधिक गर्मीका कारण र खानपानमा ध्यान नदिदा बालबालिकामा बढी मात्रा मौसमी स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाइ छ।

यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरीर पिउन चिकित्सकको सुझाव छ।

लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्