Kathmandu Press

कोरियामा एकै दिनमा थपिए ७१ हजारभन्दा बढी सङ्क्रमित

काठमाडाैं, साउन ५ : दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। यो सँगै देशमा...
कोरियामा एकै दिनमा थपिए ७१ हजारभन्दा बढी सङ्क्रमित

काठमाडाैं, साउन ५ : दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। 

यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए। गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ। 

सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्