Kathmandu Press

पहिराले डुम्रे-बेंसीसहर सडक अवरुद्ध

लमजुङ, साउन ५ : निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गए रातिदेखि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ।उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ स्थित उदिपुरको...
पहिराले डुम्रे-बेंसीसहर सडक अवरुद्ध

लमजुङ, साउन ५ : निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गए रातिदेखि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ।

उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, 'यस सडकको वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध पारेको छ।' 

गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको उनको भनाइ थियो। पानी परिरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ।

पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै  आएको छ। प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन।

गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे-बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिराको चपेटामा परेको छ।

गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरुद्धका कारण समस्यामा परेका छन्। पानी नरोकिएसम्म अवरुद्ध सडक खुलाउन असम्भव हुने बताइएको छ। 

वैकल्पिक सडकसमेत अवरुद्ध हुन थालेपछि काठमाडौँ, पोखरा, चितवनलगायत बेँसीसहर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ। उक्त सडकबाट मनाङवासी यात्रा गर्दै मनाङ पुग्ने गर्दछन्। डुम्रे-बेँसीसहर ४२ किलोमिटरको छ। 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्