Kathmandu Press

भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली, साउन ५ : भारतमा बितेका २४ घण्टामा २१ हजार ५ सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ। भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन्। 

Hardik ivf

पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ। 

कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जनाभन्दा बढीको मृत्यु भएको छ। महामारी सुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। 
    
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको हो। हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ। 

यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

यसैसँग कुल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार ३ सय ९४ पुगेको छ। पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार ४ सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीनजनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्