Kathmandu Press

मापदण्ड अनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

मापदण्ड अनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

धनुषा, साउन ५ : गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कारबाही गरेको छ। 

विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिए।
यस्तै उक्त अवधिमा विभिन्न शीर्षकमा रु ३५ लाख ९० हजार ९९५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्लामा डोर खटाएपछि गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आव २०७८÷७९ मा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले बताए। 

Hardik ivf

आर्थिक वर्ष २०७८÷७९ मा ६१६ व्यापारीको नापतौल तथा नाप्ने तोल्ने यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गरिएको, एक हजार ५७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरिएको, ५८६ पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिए।

त्यस्तै सो अवधिमा नापतौलसम्बन्धी उपभोक्ताको हकहित संरक्षणका लागि ११ पटकमा ५८ व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ व्यापारिक फर्ममा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाइ छ । यसअवधिमा नौ पटक गरी विभिन्न १७ स्थानमा डोर ९अनुगमन० खटाइएको समेत प्रमुख झाले बताए।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सो कार्यालयले विभिन्न शीर्षकबाट रु २४ लाख ३८ हजार ९९५ राजस्व सङ्कलन गरेको थियो। दरबन्दीभन्दा कम जनशक्तिका बाबजुद पनि सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र बागमति प्रदेशका सिन्धुली तथा रामेछापमा व्यापारीले गैरकानुनी रुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख झाले बताए

कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्न पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकैको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । नापतौल दस्तुर तथा जरिवाना दस्तुर कम भएको र कानुनी कारबाही प्रक्रियासमेत झन्झटिलो भएकाले व्यापारीलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्