Kathmandu Press

विश्वको एक मात्र दीर्घजीवी पाण्डाकाे मृत्यु

हङकङ, साउन ५ : मानव रेखदेख र स्याहारसुसारमा रहेको विश्वकै एक मात्र जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ। एनएन नामको यो...
विश्वको एक मात्र दीर्घजीवी पाण्डाकाे मृत्यु

हङकङ, साउन ५ : मानव रेखदेख र स्याहारसुसारमा रहेको विश्वकै एक मात्र जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ। एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एक सय पाँच वर्ष बाँच्यो। 

विगत केही सातायता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन। यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ। एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैं सम्झिइरहने बताइएको छ। 

Hardik ivf

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो। सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एकाकी महसुस गरेको थियो । 

बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन-अनुसन्धानका निम्ति प्रदान गरेको थियो। 

प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ। पर्यावरणीय सन्तुलन एवं जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हाे।

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्