Kathmandu Press

दक्षिणी थाइल्याण्डमा स्पिडबोटमा आगलागी हुँदा २० जना घाइते

दक्षिणी थाइल्याण्डमा स्पिडबोटमा आगलागी हुँदा २० जना घाइते

बैंकक, साउन ५ : थाइल्याण्डको खाडीनजिक इन्जिन विस्फोट भई स्पिडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन्।

थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार स्थानीय समय दिउँसो २ः३० बजे जहाज दक्षिणी चुम्फोन प्रान्तबाट कोह ताओ टापुका लागि प्रस्थान गरेको केही समयपछि दुर्घटना भएको हो।

घाइतेहरू, १८ यात्रु र दुई चालक दलका सदस्यहरू स्थानीय अस्पतालमा उपाचाररत छन्। तीमध्ये दुईजना गम्भीर घाइते भएका छन् भने धेरैजसोलाई सामान्य चोट लागेको बताइएको छ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्