Kathmandu Press

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

भक्तपुर, साउन ५ : झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा...
निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

भक्तपुर, साउन ५ : झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो।

गरिब तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनुपरेको देखेपछि स्थानीय बासिन्दाका लागि सहजरूपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजाराम खड्काले दिवङ्गत आमा झङ्ककुमारी खड्काको स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

Hardik ivf

निःशुल्क स्वास्थ्य सेवा कहिल्यै बन्द नगर्ने घोषणा गर्दै प्रतिष्ठानका अध्यक्ष खड्काले भने, ‘सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् भनेर आमाको स्मृतिमा झङ्ककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरी विगत डेढ वर्षदेखि चाँगुनारायणका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको थियो, अब यो सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य सेवा र औषधि वितरण सुरु गरेका छौँ।’

उनले अबदेखि दैनिक निःशुल्करूपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने जनाउँदै यसलाई अझै विभिन्न स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए। हुनेले नहुनेका लागि सहयोग गर्न आह्वान गर्दै उनले सन्तोष भट्टराईले रु एक लाख ५० हजार बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए।

अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाका रूपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाका रूपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाका रुपमा हेरेर सेवा लिइदिन सबैमा आग्रह गरे। निःशुल्क स्वास्थ्य सेवा एवं औषधि वितरणको नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गरे। उनले राज्यले गर्नुपर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आम नागरिक लाभान्वित हुने बताए।

त्यस्तै निःशुल्क सेवाका बारेमा स्थानीयवासी एवं बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएकामा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा लिँदा कांग्रेस, एमाले वा अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताए। 

बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका सचिव यादव अधिकारीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पु¥याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताए। प्रतिष्ठानले दैनिक डा अनिल त्यातमार्फत बिरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने र औषधि वितरण गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्