Kathmandu Press

नगरकोटका होटल स्तरीकरण

काभ्रेपलाञ्चोक, साउन ५ : काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय...
नगरकोटका होटल स्तरीकरण

काभ्रेपलाञ्चोक, साउन ५ : काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ।

स्थलगत अनुगमन निरीक्षणका क्रममा ३० होटलमध्ये दुई होटल हरियो स्टिकर (अति उत्तम ‘क’) तथा एक होटल (उत्तम ‘ख’) मा परेका छन् । यस्तै चार होटलले हरियो स्टिकर (मध्यम ‘ग’) र २३ होटलले पहेँलो स्टिकर (सन्तोषजनक ‘घ’) प्राप्त गरेका छन् । खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ अनुसूची–१ बमोजिम प्राप्त निवेदनका आधारमा स्तरीकरण गरिएको खाद्य निरीक्षक अतिस घिमिरेले जानकारी दिए।  

Hardik ivf

खाद्य निरीक्षक घिमिरेका अनुसार सरसफाइ, सेवा प्रदानलगायत ५० सूचकका आधारमा कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी सम्मिलित टोलीद्वारा नगरकोटका होटलको अनुगमन गरिएको थियो। 

स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई सार्वजनिकरूपमा फ्लेक्स बनाएर टाँस्न अनुरोध गर्दै प्रमाणपत्रसमेत प्रदान गरिएको छ। स्तरीकरण गरिएका होटललाई ६ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए स्तरीकरण लोगोमा एक तह घटाइने उनले बताए । विभागले खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो र स्टिकर प्रदान गर्दैआएको छ।  

प्रकाशित मिति: १०:२२ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्