Kathmandu Press

विदेशमा अलपत्र डिलबहादुरको उद्धार

कावासोती, साउन ५ : वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का...
विदेशमा अलपत्र डिलबहादुरको उद्धार
Hardik ivf

कावासोती, साउन ५ : वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। 

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उहाँ दुबईमा अलपत्र परेका हुन्। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताए। दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए।  

प्रकाशित मिति: १०:१७ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्