Kathmandu Press

राजेन्द्र लिङ्देनले बोलाए राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं, साउन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।आज दिउसो १ बजे धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको...
राजेन्द्र लिङ्देनले बोलाए राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं, साउन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।

आज दिउसो १ बजे धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। केन्द्रीय कार्यसमितिको बैठक आज र भोलि चल्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

Hardik ivf

राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रमबारे छलफल हुने भएको छ।

त्यस्तै, आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा पनि छलफल गरी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति: ०९:०७ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्