Kathmandu Press

नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन

चितवन, साउन ५ : पहिरोले अवरुद्ध बनेको नागढुङ्गा–नौबिसे सडक खण्ड बिहानैदेखि एकतर्फी सञ्चालन भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले...
नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन

चितवन, साउन ५ : पहिरोले अवरुद्ध बनेको नागढुङ्गा–नौबिसे सडक खण्ड बिहानैदेखि एकतर्फी सञ्चालन भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै सञ्चालन भएको हो। अहिले आलोपालो गरेर गाडी पास गराउन थालिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौं गाडी बाटोमै रोकिएका छन्। सडक पार गर्न लामो लाइन लागेको छ। यो सडक खण्डमा दैनिक हजारौं गाडी आवतजावत गर्छन्।

त्यस्तै, काठमाडौं र नुवाकोट सडक भने अवरुद्ध भएको छ। ठूलो ढुंगा खसेकाले सडक अवरुद्ध बनेको हो।

प्रकाशित मिति: ०८:४५ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्