Kathmandu Press

महेन्द्रनगर बसपार्कबाट किशोरीको उद्धार

कञ्चनपुर, साउन ५ : मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ।काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको...
महेन्द्रनगर बसपार्कबाट किशोरीको उद्धार

कञ्चनपुर, साउन ५ : मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ।

काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो। महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ।

Hardik ivf

उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पु¥याएको खुलेको छ।

'काठमाडौँमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए,' साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, 'किशोरीलाई आफू कहाँ जाँदै छु भन्ने केही पनि थाहा छैन।'

किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्