Kathmandu Press

छोरी बचाउँन जाँदा बुवाको पनि मृत्यु

स्याङ्जा, साउन ५ : स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर बुवा र छोरीको मृत्यु भएको छ।बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६...
छोरी बचाउँन जाँदा बुवाको पनि मृत्यु

स्याङ्जा, साउन ५ : स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर बुवा र छोरीको मृत्यु भएको छ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो। चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्