Kathmandu Press

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीका स्वकीय सचिवले गरे पत्रकारमाथि दुर्व्यवहार

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीका स्वकीय सचिवले गरे पत्रकारमाथि दुर्व्यवहार

काठमाडाैं, साउन ४ : समाचार संकलनका लागि बुढानिलकण्ठ नगरपालिका पुगेका पत्रकारमाथि नगरपालिकाका प्रमुख मिठाराम अधिकारीका स्वकीय सचिव रबिन्द्र अधिकारीले दुर्व्यवहार गरेका छन। अधिकारीले पशुपति टाइम्स डटकमका सम्पादक सन्तोष भण्डारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन।

समाचार संकलनका क्रममा साेधिएका प्रश्नहरूकाे उत्तर दिने क्रममा अधिकारीले 'बाहिर हिड म तलाई बाहिर लगेर सिकाउँछु' भन्दै धम्कीपूर्ण भाषा प्रयाेग गरेकाे भण्डारीले बताए।

समाचार संकलनकाे क्रममा पत्रकारमाथि दुर्व्यवहार भएकाे घटनाप्रति अनलाइन पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, साउन ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्