Kathmandu Press

पत्रकार दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण 

पत्रकार दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण 

काठमाडौं, साउन ४ : समाचार संकलनमा क्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुखको कार्यकक्षमा पशुपति टाइम्स डटकमका सम्पादक सन्तोष भण्डारीमाथी भएको दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

संघका सचिव गोविन्द मरासिनीले आज एक बिज्ञप्ति जारी गर्दै जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका जनप्रतिनिधिबाटनै समाचार संकलन एवं प्रसारणका क्रममा पत्रकारमाथी दुर्व्यवहार हुनु खेदजनक भएको बताएका हुन् । 

Hardik ivf

समाचार संकलन र सम्प्रेषण गर्न पाउने पत्रकारहरुको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारका कार्य आगामी दिनमा नदोहोर्‍याउन, निर्वाध रुपमा समाचार संकलनको सुनिश्चित गर्न र यसरी दुर्व्यवहार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग संघले माग समेत गरेको छ ।

समाचार संकलनका लागि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका भण्डारीलाई प्रमुखका स्वकीय सचिव रबिन्द्र अधिकारीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । 

प्रकाशित मिति: १९:४० बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्