Kathmandu Press

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता

काभ्रेपलाञ्चाेक, साउन ४ : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नं २ स्थित...
सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता
Hardik ivf

काभ्रेपलाञ्चाेक, साउन ४ : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन्।

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए। बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रकाशित मिति: १९:३० बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्