Kathmandu Press

उद्योग वाणिज्य र श्रम उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस 

उद्योग वाणिज्य र श्रम उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस 

काठमाडौं, साउन ४ : प्रतिनिधिसभाको आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस भएको छ। 

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सो समितिको वार्षिक प्रतिवेदन, २०७९ पेश गरेका हुन्। 
    
यस्तै बैठकमा अन्तर्राष्ट्रियसम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९ पेस गरे ।  

सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, साउन ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्