गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव
कञ्चनपुर, साउन ४ : पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ। भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी...
कञ्चनपुर, साउन ४ : पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ। भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन्।
हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन्। यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए । ‘चारजना कर्मचारी थप माग गरेका छौँ,’ भट्टले भने, ‘अहिलेसम्म कर्मचारीको व्यवस्था गरिएको छैन ।’ थोरै जनशक्ति परिचालन गरी कार्य गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
भारतबाट फर्कने यात्रुहरुको एन्टिजेन परीक्षणको कार्य भइरहेको उनले बताए। एक सातामै १० जना भारतबाट फर्केका यात्रुहरुको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । ‘हिजो मात्रै सात जनाको नतिजा पोजेटिभ आयो,’ उनले भने, ‘त्यसअघि तीन जनाको नतिजा पोजेटिभ आएको थियो ।’ उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन्।








![नागपञ्चमीमा नागपोखरीमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_35e97f29-1786951596.jpg)


