Kathmandu Press

उपनिर्वाचनका लागि हुम्लामा खटिए ११६ सुरक्षाकर्मी 

हुम्ला, मंसिर ४ : हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते सम्पन्न हुन लागेको उपनिर्वाचनका लागि १ सय १६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ ग....

उपनिर्वाचनका लागि हुम्लामा खटिए ११६ सुरक्षाकर्मी 

हुम्ला, मंसिर ४ : हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते सम्पन्न हुन लागेको उपनिर्वाचनका लागि १ सय १६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागि माग गरिएको भए पनि ५० प्रहरी जवान पुगिसकेका छन् ।

Hardik ivf

यसैगरी सशस्त्र प्रहरी बलका ६६ सुरक्षाकर्मी सिमकोट पुगेका उनले जानकारी दिइन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ११६ जना जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको र जिल्लामा पुगेका दुई सुरक्षा निकायका सुरक्षाकर्मी गाउँपालिकाका पाँच मतदान केन्द्रमा खटाइसकेको बताईएको छ ।

उक्त गाउँपालिका सधैँ चुनावका समयमा बढी धाँधली हुनेमा गनिने भएकाले बढी सुरक्षाकर्मी खटाइएको हो । उपनिर्वाचनका लागि सो गाउँपालिकाका पाँच वडामा रहेका पाँचै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

प्रकाशित मिति: ०६:५२ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्