Kathmandu Press

रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपति निर्वाचित

काठमाडौं, साउन ४ : श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विक्रमासिंघे १३४ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी...
रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपति निर्वाचित

काठमाडौं, साउन ४ : श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । 

बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विक्रमासिंघे १३४ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाए ।

Hardik ivf

गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । गोटाबायाले इमेलमार्फत राष्ट्रपतिबाट राजीनामा दिएका थिए। 

 रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्