Kathmandu Press

मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

नवलपरासी, साउन ४ : जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको...
मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो
फाइल तस्बिर

नवलपरासी, साउन ४ : जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए। 

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो। 

Hardik ivf

सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख भुसालले बताए।

असारमा मात्रै जिल्लामा पाँच हजार २२२ नयाँ मतदाता थपिएका छन् । यस अवधिमा दुई हजार ६५८ महिला र दुई हजार ५६४ पुरुष मतदाता थपिएका छन् । यस्तै यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको कार्यालय प्रमुख भुसालले बताए। 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्