Kathmandu Press

नेपालगञ्जका सडक जलमग्न

नेपालगञ्ज, साउन ४ : बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला...
नेपालगञ्जका सडक जलमग्न

नेपालगञ्ज, साउन ४ : बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । 

उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा  रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ। 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए। 

नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो। 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्