पुर्नवास पुगेर आरजुले भनिन्, 'मन्त्री भएको वडामा विकास त शुन्य रहेछ'
कंचनपुर, मंसिर ३ : कांग्रेस नेतृ डा. आरजु राण देउवाले दुई तिहाइको दम्भ बोकेको सरकारले चुनावमा अनावश्यक दवाव दिन सक्ने भन्दै सर्तक रहन आग्रह गरेकी छन्।....

कंचनपुर, मंसिर ३ : कांग्रेस नेतृ डा. आरजु राण देउवाले दुई तिहाइको दम्भ बोकेको सरकारले चुनावमा अनावश्यक दवाव दिन सक्ने भन्दै सर्तक रहन आग्रह गरेकी छन्।
मंगलबार पुर्नवास पुगेकी उनले त्यहाँ हुन लागेको वडा अध्यक्षको निर्वाचनमा कांग्रेसलाई मतदान गर्न पनि आग्रह गरिन्।
'दुई तिहाईको दम्भ पालेर बसेको नेकपा सरकारले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्छ यस तर्फ कार्यकर्ता चनाखो हुन पर्छ,' नेतृ देउवाले भनिन्, 'अढाइ वर्षको अवधिमा यो सरकारले कमिसनतनत्रमा रमाउने र भ्रष्टाचार गर्दै आफू र आफ्ना नजिकका मान्छेलाई पोस्ने बाहेक केही गर्न सकेको छैन।'
उनले नेकपा सरकाले कृषकहरुको उत्पादकत्व वृद्धिका लागि कार्यक्रम ल्याउनुको साटो उल्टै कृषकबाट चर्को कर असुल्न थालेको पनि बताईन्।
पुनर्वासको आईबिआरडीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेतृ देउवाले केन्द्रिय मन्त्री भएको वडामा विकास सुन्य हुन निकै दुखद भएको बताएईन।
'क्याबिनेट मन्त्री रहेको वडामा बिकास शून्य छ भने देशको बिकास गर्ने त कुरै हुँदैन,' उनले भनिन्, 'द्वन्दकालमा सबै भन्दा बढी तामाङ , थारु लगायत अन्य समुदायलाई सत्ता हत्याउन कम्युनिस्टले प्रयोग मात्रै गरे ।'
उप निर्वाचन हुँदै गरेको पुनर्वासको ३ नम्बर वडामा नेकपाका दुई दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामो समय कम्युनिस्ट राजनीतिमा साँस्कृतिक मञ्चमा काम गर्दै आएका मानबहादुर ओड लगायतले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाबाट बेदमाया लोहनी, अञ्जलि तामाङ, गंगा थापा, गोपाल लोहनी, विशाल तामाङ्ग, सन्त मगर, पदम सुनार, लक्ष्मी लनमिछाने,चन्द्रा मगर, बिन्दु मोक्तान, देवी पाण्डे, अमर सुनार, निरल तामाङ्ग, बद्री बिक, सपना बिक, सुदीप तामाङ्ग, जेरी तामाङ्ग मान बहादुर तामाङ्ग, सुक बहादुर तामाङ्ग, कर्ण बहादुर तामाङ्, कुमारी तामाङ्ग, मित्र तामाङ्ग, कान्छी माया तामाङ्ग, कमला तामाङ्ग, सुमित्रा तामाङ्गले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)