Kathmandu Press

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमौली, साउन ४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडकमाथिबाट...
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमौली, साउन ४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, साउन ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्