उत्तरी चीनको तियानजिनमा ग्यास विस्फोट हुँदा ११ जना घाइते, ३ बेपत्ता
तियान्जिन, साउन ३ : उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मङ्गलबार ११ जना घाइते भएका छन् भने तीन जना...
तियान्जिन, साउन ३ : उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मङ्गलबार ११ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्।
बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७:१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ। जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितहरूको शरिरमा चोट लागेको छ यद्यपि तिनीहरू खतरामुक्त भएको बताइएको छ।
घाइतेहरूकाे उद्धार कार्य भइरहेको छ।
प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












