Kathmandu Press

दुर्घटनामा परी इजिप्टमा २२ को मृत्यु

कायरो, साउन ३ : दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ।  घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले...
दुर्घटनामा परी इजिप्टमा २२ को मृत्यु

कायरो, साउन ३ : दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ।  

घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ।

Hardik ivf

'राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,' गभर्नर ओसामा अल क्वाडीले भने।

दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो। सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ।

घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन्।

राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो। इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन्।

सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्