Kathmandu Press

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

काठमाडाैं, साउन ३ : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन्।कांग्रेस केन्द्रीय...
कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

काठमाडाैं, साउन ३ : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको छ।

Hardik ivf

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई कसरी देशभर लैजान सकिन्छ भन्नेबारे उक्त मञ्चमा  छलफल हुने बताए। 'पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरुले लामो समय बोल्न पाउँदैनन्। त्यसैले देशको समसामयिक तथा राष्ट्रिय समस्याको बारेमा विज्ञलाई बोलाएर छलफल गर्नसमेत नयाँ फोरम आवश्यक हुने भएकाले छलफलका लागि केन्द्रीय सदस्यलाई आमन्त्रण गरेका हौँ,' उनले भने।

कांग्रेस केन्द्रीय सदस्य पाख्रिनले देशमा देखिएका प्रमुख समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल गर्नुका साथै छलफलबाट निस्केको सुझावलाई पार्टी केन्द्रीय समितिमा सुझावको रुपमा प्रस्तुत गर्न यस्तो भेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कांग्रेस केन्द्रीय सदस्यद्वय उमेशजङ्ग रायमाझी र सीता गुरुङले देशका प्रमुख विषय वस्तुमा केन्द्रित रहेर उक्त भेलामा छलफल हुने बताए। कांग्रेस सङ्खुवासभाका सभापति एवं पूर्वराज्यमन्त्री खड्काले आगामी निर्वाचनमा कसरी कांग्रेसलाई विजय गराउन सकिन्छ भन्नेबारे छलफल गर्न नयाँ फोरम निर्माण गर्न लागिएको बताए। छलफलमा कांग्रेसका पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्रीहरुको सहभागिता थियो। पार्टीलाई बलियो बनाउन उक्त छलफललाई अब निरन्तर चलाइने कांग्रेस सङ्खुवासभाका सभापति खड्काले बताए।

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्