Kathmandu Press

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
Hardik ivf

हेटौंडा, साउन ३ : हेटौँडा उपमहानगरपालिकामा यही  शैक्षिक  सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा  कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ। ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए।  हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ।
 
सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो । उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी  १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे  जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए। 
 
एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले भन्नुभयो । त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अङ्क प्रयोगात्मक रहने बताइएको छ।  

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्