Kathmandu Press

सोल्टी होटलले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर ३ : नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ....

सोल्टी होटलले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर ३ : नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ। 

त्यस आधारमा शेयरधनीले कूल आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन्। यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ। 

होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ। नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ।

यस्तै बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ बराबरको रहेको छ। स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन्। 

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, मंसिर ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्