Kathmandu Press

पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै

ताप्लेजुङ, साउन ३ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न  पूर्वाधारका काम  विस्तार  गरिदै लगिएको छ। हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र...
पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै

ताप्लेजुङ, साउन ३ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न  पूर्वाधारका काम  विस्तार  गरिदै लगिएको छ। 

हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ। सरकारबाट प्राप्त रु ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो। 

सो पदमार्गमा प्रत्येक वर्ष क्रमिकरुपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ।अहिलेसम्ममा मन्दिरदेखि करिब ६०० मिटर ट्रस लगाएको कार्यकारी निर्देश काफ्लेले बताए। उनले भने, ‘यसपटक ट्रस  लगाउने काम ठूलो घण्टी भन्ने ठाउँसम्म विस्तार गरिएको छ । हिमपातको बेला अधिक चिप्लो हुने त्यस भन्दा तलको भागमा रेलिङ हालिएको छ।’ 

कार्यकारी निर्देशकका अनुसार बाटोमा सार्वजनिक धारा निर्माण गरिएको छ । छिट्टै पम्पिङ गरेर धारामा पानी झारिने छ । बाटोमा शौचालय थपिएको छ । पानीको आपूर्तिसँगै शौचालयको सफाइ सहज बन्ने छ । कान्छिथान नजिक शान्त स्थानमा ध्यान केन्द्रसमेत निर्माण  गरिएको छ । मन्दिरदेखि क्रमिकरुपमा साढे दुई किलोमिटर माथिल्लो फेदीसम्म ट्रस लगाउने समितिको लक्ष्य छ। 

कार्यकारी निर्देशक काफ्लेले समितिसँगको समन्वयमा उकालो बाटो सुधार गरी सहज बनाइएको बताए। ‘ग्रामीण बस्तीबाट पाथीभरा आउने पैदल मार्र्ग विकास गरिएको छ । पाथीभरामा एक उद्धार केन्द्र, चिया खाने ठाउँ, आराम स्थल र शौचालयको लागि प्रिफ्याब घर निर्माण थालिएको छ,’ उनले भने। 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्