Kathmandu Press

चीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

बेइजिङ, साउन ३ : चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् । पाकिस्तानका विदेश सचिव सोहेल महमूद...
चीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

बेइजिङ, साउन ३ : चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् । 

पाकिस्तानका विदेश सचिव सोहेल महमूद र अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको  भेटवार्तामा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका साथै आर्थिक विकासका निम्ति सिपिइसीलाई अफगानिस्तानसम्म  विस्तार गर्नेबारेमा विचार आदानप्रदान गरेका थिए । 

Hardik ivf

सिपिइसी चीनको विशाल परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को एउटा भाग हो । यो परियोजनाको मुख्य उद्देश्य  दक्षिण–पूर्वी एशियाका तटीय देशमा ऐतिहासिक व्यापार मार्गलाई पुनःसञ्चालन गर्ने हो । विश्लेषकहरू चीन र पाकिस्तानको यो योजना भारतको लागि सुरक्षा चिन्ताको विषय हुनसक्ने टिप्पणी गरेका छन्। 

दुवै पक्षले अफगानिस्तानको राजनीतिक एवम् सुरक्षा अवस्था, अफगानिस्तानलाई पाकिस्तान र चीनले गरेको मानवीय सहायता र आपसी हितका अन्य विषयमा विचारविमर्श भएको पाकिस्तानी  विदेश मन्त्रालयले जनाएको छ। 

सन् २०१५ मा चीनले ४६ अर्ब अमेरिकी डलरको उक्त परियोजना घोषणा गरेको हो । परियोजनाले अरब सागरमा रहेको बलुचिस्तानको पाकिस्तानको दक्षिणी ग्वादर बन्दरगाहलाई चीनको पश्चिमी सिनजियाङ क्षेत्रसँग जोड्ने छ। परियोजनामा  चीन र मध्यपूर्वका मुलुकमा सम्पर्क विस्तारका साथै सडक, रेल र तेलका पाइपलाइन सञ्जाललाई समावेश गरिएको छ। 

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्