Kathmandu Press

‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

संयुक्त राष्ट्रसंघ, साउन ३ : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको...
‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

संयुक्त राष्ट्रसंघ, साउन ३ : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन्।  

‘नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो,’ महासचिव गुटरेसले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका  अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भनेका छन्।

युद्ध, द्वन्द्व,जातिवाद, भेदभाव, गरिबी र असमानताले पिरोलिएको वर्तमान विश्वमा जलवायु प्रकोपले थपेको चुनौतीको सामना गर्न मण्डेलाका दर्शन र प्रेरणा आज पनि उत्तिकै उपयोगी हुने अभिमत उनले जाहेर गरे । न्यायपूर्ण समाज निर्माण तथा मानवताको प्रवद्र्धनमा मण्डलाले गरेको योगदान सधैँ स्मरणीय रहने उनले बताए। 

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्