Kathmandu Press

समुदाय प्रहरी जिल्ला समिति गठन

काभ्रे, साउन ३ : अपराध रोकथाम तथा विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी हुमकला...
समुदाय प्रहरी जिल्ला समिति गठन

काभ्रे, साउन ३ : अपराध रोकथाम तथा विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा गठित समितिले सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि हुने जनाइएको छ। 

समितिले समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी तथा सरोकारवाला निकायबीच संस्थागतरुपले साझेदारी गर्दै अपराधका क्रियाकलाप न्यूनीकरण गर्दै लैजने जनाएको छ। समितिमा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूलाई सल्लाहकारमा चयन गरिएको छ भने समितिको सहसंयोजकमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी छन्। 

Hardik ivf

यस्तै समितिको सदस्यमा प्रहरी नायब उपरीक्षक हरि खतिवडा, गैरसरकारी महासङ्घका जिल्ला अध्यक्ष टोमप्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाइटीका जिल्ला संयोजक नारायण ढुङ्गाना, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, जिल्ला बाल सञ्जालका अध्यक्ष सुबोध धिमाल, निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष सत्यनारायण श्रेष्ठ, अभिभावक सङ्घबाट दिल्लीराज श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य सङ्घ अध्यक्ष मञ्जुकुमार कोजू तथा नागरिक समाजबाट निर्मला काफ्ले र ज्योत्सना संजू रहेका छन्।

जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको अपराधका क्रियाकलाप नियन्त्रण, घरेलु मदिराजन्य पदार्थबाट सिर्जित दुर्घटना एवं सामाजिक विकृतिबिरुद्ध समुदाय प्रहरी साझेदारी कार्यक्रमको पहुँच टोलस्तरसम्म विस्तार, बालबालिका एवं विद्यालय केन्द्रित कार्यक्रम विस्तार, सडक सुरक्षा केन्द्रित ट्राफिक गतिविधि वृद्धिबारेको सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत समितिले समन्वयात्मक रुपमा आयोजना गर्ने जनाइएको छ।  

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्