‘शुभ लभ’ युरोपमा देखाइने
काठमाडौं, मंसिर ३ : चलचित्र ‘शुभ लभ’ नोभम्बर २७ तारिकदेखि युरोप प्रदर्शनमा लगिने भएको छ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा ब....

काठमाडौं, मंसिर ३ : चलचित्र ‘शुभ लभ’ नोभम्बर २७ तारिकदेखि युरोप प्रदर्शनमा लगिने भएको छ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म डिसेम्बरदेखि फेब्रुअरीसम्म युरोपभर प्रर्दशन गरिने फिल्म निर्माता तथा निर्देशक सन्तोष लोहनीले बताए।
नेपालमा त्यति राम्रो प्रदर्शन गर्न नसकेको यो चलचित्रले युरोपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा निर्माण पक्षको छ। युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको चलचित्रमा पूराना कलाकार रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ।
स्टेज कलाकार राजा राजेन्द्रले पनि पहिलोपटक यही फिल्ममार्फत फिल्म यात्रा सुरु गरेका हुन्। चलचित्रका लाइन प्रोड्युसर प्रकाश कडरिया युरोप निवासी भएककाले यसलाई युरोपमा प्रदर्शन गर्न लागिएको हो।
नेपालमा प्रदर्शन मिति राम्रो नपरेकाले र चलचित्रकर्मीहरुबीचमै अस्वस्थ प्रतिष्पर्धा भएकाले अपेक्षित व्यापार गर्न नसकेको लोहनीले बताए। चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो। चलचित्रले युरोप टुरसँगै नेपाल भ्रमण वर्ष –२०२० को प्रचारप्रसार पनि सघाउने फिल्म युनिटको विश्वास छ।












