Kathmandu Press

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौं, साउन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ।     

अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर  एक हजार १६० तोकिएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्