Kathmandu Press

पाँच किलो गाँजासहित उदयपुरबाट ३५ वर्षीय पुरुष पक्राउ 

काठमाडौं, साउन ३ : उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट पाँच किलो गाँजासहित एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला बेलका नगरपालिका–६ का ३५ वर्षीय...
पाँच किलो गाँजासहित उदयपुरबाट ३५ वर्षीय पुरुष पक्राउ 

काठमाडौं, साउन ३ : उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट पाँच किलो गाँजासहित एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला बेलका नगरपालिका–६ का ३५ वर्षीय बिबेश राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अवैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत सोमबार तीन बजे चौदण्डीगढी नगरपालिका–४ नमुना चोकस्थित इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाँजासहित राईलाई रंगेहात पक्राउ गरेको हो।

रामपुरठोक्सिलाबाट फतेपुर तर्फ जाँदै गरेको स ३ प ३६०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनले बोकेको झोलामा ५ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिएका छन्। 

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्